मेयर सुशिलाको डन अवतारः पत्रकारलाई बन्धक बनाएर भिडियो डिलिट गराइन्

पाेखरा | मंसिर २६, २०७९

मेयर सुशिलाको डन अवतारः पत्रकारलाई बन्धक बनाएर भिडियो डिलिट गराइन्


पोखराः कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाई समाचार प्रयोजनार्थ खिचिएको भिडियो डिलिट गर्न लगाएकी छिन् । 

 

पछिल्लो समय सवारीसाधन खरिदमा आलोचित भएकी मेयरले आइतबार न्यूज २४ टेलिभिजन रिपोर्टर खेम ढुंगानालाई बन्धक बनाएकी हुन् । नगरपालिकाको सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको दृश्य ढुंगानाले कैद गरेपछि मेयर शाहीले उनलाई नजिकैको होटलमा २ घण्टा बन्धक बनाएकी बनाएकी हुन् । 

 

बन्धक बनाएपछि भिडियो फुटेज डिलिट गर्न लगाएको पत्रकार ढुंगानाले बताएका छन् । घटनाबारे जानकारी पाएर पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहकै उपस्थिति जबर्जस्ती भिडियो डिलिट गराइएको हो । 

 

भिडियो लिइरहेकाबेला शाहीले ‘अझैपनि भिडियो खिचिराख्छस्, अझै रेकर्ड गरिराख्छस्’ भन्दै मोबाइल फोन खोस्ने प्रयास गरेकी थिइन् । 

 

यस घटनापछि मेयर शाहीले मोबाइल फोन स्वीच अफ गरेकी छिन् भने कार्यालयको नम्बर पनि सम्पर्क हुन नसक्ने बनाइएको छ । त्यस्तै, अन्य नम्बरमा सम्पर्क गरी जानकारी लिने क्रममा साढे ११ बजेसम्म पनि शाही कार्यालयमा अनुपस्थित छिन् । 

 

आइतबार भएको घटनाबारे उपमेयरले भर्खरै जानकारी पाएको भन्दै आफु सुगरका बिरामी भएकाले केहि छिनपछि कार्यालय गएर बुझ्ने प्रतिक्रिया दिएकी छिन् । 
 

 

घटनापश्चात् प्रेस चौतारी नेपाल, कैलालीले विज्ञप्तीमार्फत मेयर शाहीकोे रवैयाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 
 

 

रिपोर्टिङ् गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई

 

हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’

 

मेयर शाही नेपाली कांग्रेसबाट निर्वाचित हुन् । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्